New on the blog: The trafficking and geopolitical dynamics of the emigration crisis on the Polish-Belarussian border.

Also available in

भर्चुअल फिल्डवर्कको अप्रत्यासित आत्मियता

अल्बा बोर कुएवा, केशब गिरी, कईट्लिन हामिलन, र लोरा जे. शेफर्ड | Published on अक्टोबर 22, 2021

बेरुत र फ्रीटाउनका  कन्फेरेन्स पछि काठमान्डू, बोगोटा र बेल्फास्टमा गरिने फिल्डवर्ककासंगै हामीअघि एउटा उत्साहपूर्ण र व्यस्त २०२० को योजना थियो। तब कोविड-१९ आयो, र निश्चितरुपमा यात्रा हाम्रो मस्तिष्कमा आउने अन्तिम कुरा हुन पुग्यो।

तर हामीले हाम्रो दातासंग गरेको अनुसन्धान प्रतिज्ञा पूरा गर्नुपर्ने थियो। अरु धेरैझैँ हामी पनि अनलाईन गयौ।  कार्यालय बन्द भएपछि र विभिन्न तहका बन्दबंदी अस्ट्रेलिया, कोलम्बिया, नेपाल, र उत्तरी आयरल्याण्ड लागू भएसंगै हाम्रो अन्तरवार्ताहरु बैठक कोठा, भान्साकोठा, र सुत्ने कोठाका कुनामा बनाइएका अस्थायी कार्यकक्षमा हुन पुगे।

शुरुवातमा हामीहरु चिन्तित थियौ कि अन्तरवार्तामा सहभागीसँग एउटै भौतिक स्थान शेयर नगर्दा कतै अन्तरवार्ताको भावनामा असर त पर्ने होइन; अन्य साविकका अन्तरवार्तामा झैँ सहभागीसंग हुने अन्तरङ्ग संवाद नहुने त होइन? तर हामी सबैजना आफ्नो घरभित्र अड्किएर आफ्नो काज र पारिवारिक जिम्मेवारी निर्वाह गर्दै अझै सम्म उपचार पत्ता नभएको रोगसंग बच्ने कोसिस गर्दै थियौ।यसले गर्दा हाम्रा साविकका अन्तरवार्ताभन्दा अप्रत्यासित र घनिष्ठता सृजना भयो, जुन निश्चितरुपमा हामी हाम्रो जुम अन्तरवार्ताबाट आशा गरेका थिएनौ।

अन्तरवार्ताका प्रतिलिपी वास्तविक जीवनका यी मार्काहरुका साक्षी बनेका छन् –  पार्सेलको वितरणसंगै अन्तरवार्ता रोकिएका, परिवारका अन्य सदस्यहरुको आवतजावत, घरपालुवा जनावरको उपस्थिति। कहिलेकाही वार्तालाप – दातृ सहायता र WPS एजेन्डा – बाट विषयान्तर भएर लकडाउनको व्यवस्थापन, एउटा सिड्नीको गर्मीको साँझमा पंखा लगाएर बस्दा अर्को उत्तरी आयरल्याण्डको बिहानी चिसोमा कम्बल ओढेर सोफामा बस्नुपरेको रोचक तथ्य, जस्ता कुरामा पनि अल्झिए।हामीहरु भौतिकरुपमा एउटै ठाउमा नभएपनि एउटै ठाउमा हुदाँ हुने औपचारिकतापनि हरायो।

तर हामी सबैजना आफ्नो घरभित्र अड्किएर आफ्नो काज र पारिवारिक जिम्मेवारी निर्वाह गर्दै अझै सम्म उपचार पत्ता नभएको रोगसंग बच्ने कोसिस गर्दै थियौ।यसले गर्दा हाम्रा साविकका अन्तरवार्ताभन्दा अप्रत्यासित र घनिष्ठता सृजना भयो, जुन निश्चितरुपमा हामी हाम्रो जुम अन्तरवार्ताबाट आशा गरेका थिएनौ।

एउटै ठाउमा हुदाँ हुने औपचारिकता र प्रस्तुती विहिनता वार्तालापमा पनि देखिन आयो। अन्तरवार्ताको अलावा हामी आफ्नो किनमेल आनीबानी, घरपालुवा जनावारका बानीहरु, बसोबासको बन्दोवस्ती, महाव्याधिका संघर्षहरु, र रोगप्रतिरोधात्मक क्षमता बढाउने खाना बनाउने’bout पनि कुराकानी हुन्थ्यो। अनुसन्धानकर्ता र अनुसन्धानमा सहभागीबीच  हुने वार्तालाप भन्दा महिला शान्तिकर्मीको सशक्तिकरण’boutको एउटै चाहना भएका र एउटै खाले भोगाई भएका मान्छेहरुको जस्तो हाम्रो कुराकानी हुन्थ्यो। निस्कर्षमा हामी संसारका दुई कुनामा बस्ने भएतापनि एक अर्काको नजिक भयौ। र, यसले केही रोचक नैतिक विचारहरु पनि पैदा गर्यो।

हाम्रो अनुसन्धान नैतिकताको बुझाई हाम्रो अनसन्धानको क्रममा भएका औसत किसिमका  भेटहरुमा आधारित छन्।अहिले सम्मका अनुसन्धान नैतिकताक बुझाई प्रतक्ष्य भेट, ‘अनुसन्धानकर्ता कुनै स्थानमा गएर अनुसन्धान गरेर घर फर्किने’ मोडेलमा आधारित छन्। अनुसन्धानकर्ताकोरुपमा हामी आफुले अध्ययन गर्ने समुदायमा प्राय बस्दैनौ, अझ आफुले अध्ययन गर्ने समुदायलाई आफ्नो घरमा त कमै लिएर आउछौ।  तर यहा हामीहरु एक अर्काको घरमा भर्चुअल्ली भएनी भयौ।

यो कुरा धेरै अनुसन्धान संस्थानहरुले अझै सम्बोधन गरिसकेका छैनन्। हामीले उही व्यक्तिहरूसँग अनलाइन कुरा गर्ने जनाउँदा भन्दा हामीले यात्राको प्रत्याशा गर्दा हामी धेरै कडा कदमहरूको नियमनमा पर्ने थियौं। प्रारम्भमा, हामी “सहभागीहरूलाई उचित सम्मान र संरक्षण सुनिश्चित” कसरी  गरिनेछ भनेर नैतिक आवेदनमा दर्शाउनु पर्यो। हामीले यो संकेत गर्नु पर्ने थियो कि हामीले अनुसन्धान हुने तरिका, सहभागीहरूको अनुसन्धानपश्चात कल्याण, अनुसन्धानको नतीजाको प्रयोग, कुनै सांस्कृतिक-संवेदनशील कला वा मामिलामा पहुँच, र स्थानीय सांस्कृतिक मूल्यलाई असर गर्ने भनेर पहिचान भएका सांस्कृतिक, धार्मिक वा राजनीतिक भिन्नताहरूलाई राम्ररी विचार गरेका छौ ।

अनुसन्धानकर्ता र अनुसन्धानमा सहभागीबीच  हुने वार्तालाप भन्दा महिला शान्तिकर्मीको सशक्तिकरण’boutको एउटै चाहना भएका र एउटै खाले भोगाई भएका मान्छेहरुको जस्तो हाम्रो कुराकानी हुन्थ्यो।

यद्दपी जब हामीले हाम्रो अन्तर्वार्ताहरू अनलाइन सरेका छन् भनेर रिपोर्टिंग गर्यौ, यी समस्याहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यक नैतिक आवेदन प्रक्रियाको अंशको रूपमा देखा परेनन् । यसले नैतिक अनुसन्धानहरू सञ्चालन गर्ने ’boutमा नैतिक आवेदनहरु नैतिक अनुसन्धान गर्नुकोसाथमा संस्थालाई जोखिमबाट बचाउने  ’boutमा त्यत्तिकै रहेको अनुमानलाई वजन दिन्छ। तर यो चिन्ताको विषय  हो, किनकि हामीले हाम्रो अन्तर्वार्तामा पत्ता लगाएका आत्मीयतामा हानि र हानि हुने सम्भावना पनि छ जुन अन्वेषकहरूलाई आलोचनात्मक रूपमा सोच्न उत्साहित गरिएको छैन।

उदाहरण को लागी, विषयवस्तु अनुसार, घर वा स्थानीय समुदायबाट गरिने अन्तरवार्ताले अनुसन्धान सहभागीहरु लाई जोखिममा राख्न सक्छन्। महामारी लॉकडाउनको शुरुआत संगै , संवेदनशील विषयहरूको नयाँ भर्चुअल शिक्षणले विद्यार्थीहरूले सामना गर्ने सम्भावित असुरक्षाहरूको सामना गर्नुपर्‍यो, वा सम्बन्धित व्यक्तिगत अनुभवहरू , उदाहरणका लागि, लिङ्ग र यौनिकता, उनीहरूलाई खुला ठाउँमा कुरा गर्न नदिने वातावरणमा यी विषयहरुको ’boutमा खुलासा गर्दा यी असुरक्षाहरु आउन सक्छन। । अंतरंग अन्तरवार्तामा पनि यस्तै चुनौतीहरू आइपर्छन ’cause लैङ्गिक, न्याय, र सुरक्षाको ’boutमा कुराकानी गर्दा घर सबै व्यक्तिको लागि सुरक्षित ठाउँ हो भनेर हामी मान्न सक्दैनौं।

र त्यहाँ डिजिटल भेद पनि छ, जसले पहिलेनै सिमान्तीकृत भएकालाई अझै सीमान्तकृत गर्ने धेरै वास्तविक सम्भावना सिर्जना गर्दछ। हामीले पत्ता लगायौं कि स-साना स्थानीय  CSO सँग आधिकारिक वेबसाइट वा सार्वजनिक रूपमा उपलब्ध ईमेल ठेगाना थिएन। यसबाहेक, अस्थिर इन्टरनेट जडानको साथ टेक्नोलोजीको अभावले प्राय: हामीलाई विविध अनुभव र दृष्टिकोणहरू (कहिलेकाहि शाब्दिकरुपमा) सुन्नबाट रोक्दछ। नेपालको दुर्गम भागमा अवस्थित एक सहभागीसँग एक अन्तर्वार्ताको मामलामा यस क्षेत्रको खराब टेलिफोन नेटवर्कको कारणले गर्दा  धेरै कुराकानी राम्ररी सुनिएको थिएन।

यसले नैतिक अनुसन्धानहरू सञ्चालन गर्ने ’boutमा नैतिक आवेदनहरु नैतिक अनुसन्धान गर्नुकोसाथमा संस्थालाई जोखिमबाट बचाउने  ’boutमा त्यत्तिकै रहेको अनुमानलाई वजन दिन्छ।

विभिन्न हानि र एकलपनको दर्दनाक प्रभावहरूको साथमा महामारीको समयमा मानसिक स्वास्थ्य संकट पनि व्यापकरूपमा समुदायहरूमा फैलिएको थियो। हामी डरलाग्दो पोस्ट-ट्र्युमेटिक तनावको संवेदनशील विषयहरू’bout ठीकसँग संवेदनशील भएतापनि, अन्वेषकहरूलाई अन्तर्वार्ताको विषयसँग सम्बन्धित भएको अवस्था बाहेक संकटमा परेका मानिसहरूलाई पर्याप्तरुपमा सहयोग र प्रतिक्रिया प्रदान गर्न प्रशिक्षण र सहयोगको व्यवस्था छैन।

हाम्रो भर्चुअल फिल्डवर्कको अवधिमा यी र अन्य धेरै साना र अधिक महत्त्वपूर्ण मुद्दाहरू देखा परे। हामी अझै ती दिनहरूको लागि आशा गर्दछौं जब हामी अनुसन्धानमा सहभागीहरुसँग व्यक्तिगतरूपमा सम्पर्क गर्दै खाजाको लागि भेट्न एकै ठाउँमा उही समयमा भेट्न सक्छौ। तर यसै बीचमा हामीले अनुसन्धान गर्दा यो घनिष्ठता कसरी अनुसन्धान नैतिकताको माध्यमबाट नेभिगेट गर्ने’bout सोच्न आवश्यक छ, र यसले सिर्जना गरेको अवसरहरु लाई पनि अनुसन्धानकर्ताको अवस्थितिकोरुपमा रूपमा चिन्तन र परख कसरी गर्ने ’boutपनि।

We use cookies. Read more about them in our Privacy policy